काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ । बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाहरू र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आज उद्घाटन गर्न लागेका छन् । काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा मध्याह्न १२ः३० बजे चार महिने…