काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरूले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताएका हुन् । उनले भने, ‘नेपालको संविधानले हरेक…