काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य भएको बताएका छन् । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ ।’ साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताए…