काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी…