काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन्। महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ। छलफलमा पुष्प शाह-अछाम, पदम बोगटी-कञ्चनपुर, चतुरबहादुर चन्द-बैतडी, भीम साउद-डडेल्धुरा, रामसिंह रावल-बाजुरा, खड्ग बोहरा-बझाङ, नरेन्द्रबहादुर सिंह-डोटी र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।…