सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बद्लिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन्। मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुगेको बताएका हुन्। ‘हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै रहेको थियो,’उनले भने,‘अब आम…