चितवन। भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ। महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो। महानगरले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय यसअघि नै गरिसकेको थियो। यसअघि जनवरी…