कास्की। कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदान गर्न मतदातालाई सिकाउन गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उनका अनुसार मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा स्वयंसेवकमार्फत…