काठमाडौं । निर्वाचन आयोगले मान्यता नदिएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको विघटित केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय सही नभएको जिकिर गर्दै अदालत जाने निर्णय गरेको हो । आयोगले शुक्रबार ४० प्रतिशत…