काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीले जिल्लागत प्रतिनिधित्वमा गम्भीर असन्तुलन देखाएको छ। सूचीअनुसार झापा जिल्लाबाट सबैभन्दा धेरै नौ जनालाई समेटिँदा २१ जिल्ला भने पूर्ण रूपमा प्रतिनिधित्वविहीन बनेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र…