काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल जारी छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार व्यजनकारको निवासमा दुई नेताबीच केही बेरदेखि छलफल चलिरहेको हो । केही दिनअघि दुई जनाबीच ६ घन्टा लामो भेटवार्ता भएको थियो। बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए।…