काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। एमाले मुख्यालय च्यासलमा गएको बिहीबार करिब ८ घण्टा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटको अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति र कार्यशैलीका कारण संकट आएको भन्दै यसको निकास दिने गरी…