काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै नेपालको सार्वभौमिकताको विषयमा ध्यानाकर्षण गराएका छन्। मेयर बालेनले सामाजिक सञ्जालमार्फत लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण भएको बताएका छन्। उनले लिपुलेक नेपालकै हो भन्ने कुरा चीनलाई सम्झाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। शाहले आफ्नो सन्देशमा भनेका…