काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी हटाउनेबारे कुनै निर्णय नभएको बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि प्रवक्ता पोखरेलले सरकारका निर्णय सुनाउँदै गर्दा भने, “मन्त्रिपरिषद्बाट सुकुम्बासी हटाउनबारे त्यस्तो कुनै निर्णय भएको छैन ।”