महोत्तरी। प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ। मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा‘दशहरा’भनिन्छ। मिथिला परम्परामा दुईवटा नवरात्र छन्। असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ। देवीपूजन र आराधनामा…