हिन्दु राष्ट्र पुनः स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारदेखि सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो । सिद्धार्थनगर-४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गर्दैै…