तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ। तीजको अघिल्लो दिन आज दर खाने दिन हो। यसै दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खीर, ढकने वा सेलरोटी आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ। तर यस वर्ष विगत जस्तो तीजको रौनक भने छैन। कोरोनाका कारण छोरीचेलीहरु माइत जान सक्ने अवस्था छैन।…