हा...हो....इ..गाई भैँसीलाई किलो दाम्लो... बाखरीलाई खोर साईंलो... बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो। भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन्। स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच अर्थात् गाईजात्रा। यहाँ आज गाईजात्राका दिन गरिने नाच हो लाखे नाच।…