स्थापना भयो न्यायिक संग्रहालय

स्थापना भयो न्यायिक संग्रहालय

केन्द्रबिन्दु
0
Shares

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार न्यायिक संग्रहालयको उद्घाटन गरेका छन्।

नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि न्यायिक संग्रहालयको स्थापना भएको हो।

न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जीवन्त राख्ने सामग्रीहरु तत्कालीन फैसलाहरु, आदेश, तत्कालीन न्यायाधिशहरुले प्रयोग गरेका पोशाक लगायतका सामग्रीहरु लगायतका विभिन्न १५ प्रकृतिका ३५० वटा सामग्रीहरु संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको छ । 

सर्वोच्च अदालतका सह रजिष्ट्रार बाबुराम दाहालले संग्राहलय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरुका लागि अध्ययनको केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे ।

संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको दाहालले जनाए।

Logo