जनकपुर। मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गरेका छन् । मिथिला विहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुवात गराएका हुन् । परिक्रमामा सहभागी तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटर दूरी…