काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । नयाँ वर्षको अवसरमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै उनले नेपाली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने…