लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारजस्ता पर्वले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच बढाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएका छन् ।
ग्याल्पो ल्होसारका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गरेका छन् ।
सन्देशमा नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजका सबै धर्म, संस्कार र संस्कृतिलाई समान मान्यता दिएको उल्लेख गरिएको छ । समावेशी अभ्यास सामाजिक स्थायित्व र सहअस्तित्वको आधार भएको पनि सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री आचार्यले मौलिक कला, भाषा र संस्कृति पहिचानका आधार हुनुका साथै पर्यटन प्रवद्र्धन र आर्थिक विकासका महत्वपूर्ण स्रोतसमेत भएको बताएका छन् । यस्ता पर्वहरूको संरक्षण र प्रवद्र्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ ।































प्रतिक्रिया