भक्तपुर। भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरमा मंगलबार साँझ भीमसेनको लिङ्ग झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथानसँगै होली पर्व सुरु भएको छ। फागुन शुक्ल अष्टमीको साँझ नेपाल भाषामा ‘लज्ज’ भनिने भीमसेनको लिङ्ग प्रतीकस्वरूप काठको मुढाबाट बनेको करिब तीन हात लामो र ३० इञ्च गोलाइको काठको लिङ्ग कमलपोखरीमा पखालेर ल्याइन्छ। पूर्णिमाको साँझ उक्त लज्ज…