भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान सुरु

भोजपुर। मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ। गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको छ। रु २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय…

Logo