काठमाडौं । प्रवासी नेपालीहरुले नेपाल सरकारबाट आफूहरुले वंशजकै नागरिकता पाउनुपर्ने माग राखेका छन् । हाल सरकारले प्रदान गर्न सुरू गरेको गैरआवासीय नागरिकताले नेपालीहरुलाई तेस्रो दर्जा दिएकोमा असन्तुष्टी पोख्दै उनीहरुले वंशजकै नागरिकताको निरन्तरताका लागि आवाज उठाएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टर र नागरिकता खोई अभियानले शनिबार टेक्ससको ड्यालसमा आयोजना गरेको कार्यक्रममा यो आवाज…