काठमाडौँ । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनलेआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ…