गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा भूकम्प पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । शर्मा एनआरएनएका अन्य अभियन्ताहरुसँगै सोमबार रुकुम पश्चिम पुगेका हुन् । शर्मा नेतृत्वको एनआरएनए टोलीले रुकुम पश्चिम र जाजरकोटमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुका साथै राहत वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै, रुकुम पश्चिम जानेक्रममा शर्मा…