नौ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। गत बिहीबार काठमाडौँमा सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो। सम्मेलनमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू, पदाधिकारीहरूसँगै संसारभरका ५९ मुलुकका ४ हजार २२७ प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए।…