काठमाडौं । युनिलिभर नेपालको प्रमुख ब्रान्ड भेसलिनले आफ्नो विश्वप्रसिद्ध नयाँ उत्पादन 'भेसलिन ग्लुटा-ह्या'लाई एक विशेष र साहसिक 'स्ट्रीट एक्टिभेसन' मार्फत नेपाली बजारमा ल्याएको छ। काठमाडौँका व्यस्त सडकहरूमा 'सोस्टपर स्किन' नामक अभियान सञ्चालन गर्दै कम्पनीले यस नयाँ लोसनको औपचारिक बिक्री सुरु गरेको हो। कुनै पूर्व जानकारी र ब्रान्डिङ बिना नै काठमाडौँका मुख्य सार्वजनिक स्थलहरूमा अचानक बिछ्याइएको…