छिमेकी राष्ट्र भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ छुट्याएकी हुन् । यसअघि वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले…