काठमाडौं। विराटनगरस्थित सिटिजन्स बैंकको कञ्चनबारी शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको घटनामा १३ जना नक्कली ऋणी खडा गरिएको तथ्य खुलेको छ । बैंककै कर्मचारीको मिलेमतोमा सर्वसाधारणको मुद्दती निक्षेपलाई धितो देखाएर नक्कली कर्जा निकालिएको पाइएको छ । अडिटमा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ । २० लाखदेखि १ करोड २५ लाखसम्मका…