व्यासमा गुणस्तरहीन पुल भत्काएर पुनर्निर्माण गरिँदै

तनहुँ। व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला मोटरेवल पुलको निर्माण कार्यले गति लिन थालेको छ । यस पुलको एक ‘स्पान’ को बिम र ढलान निर्माणका क्रममा गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर नयाँ शिराबाट पुनर्निर्माण कार्य थालिएको हो । लामो समयको अन्योल र प्राविधिक अवरोधपछि हालसम्म पुलको ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको पूर्वाधार विकास…

Logo