साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो।…