गुल्मी। नेपाल विद्युत् प्राधिकरणले गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण गरेको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरेको छ। यो प्रसारणलाइन ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो। गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमतामा विद्युत् परीक्षण र प्रवाह सुरु गरिएको छ। आयोजना प्रमुख…