ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरूले ‘जिआइबिएल–आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१ सय ५० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन्…