नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर नघट्ने बताएको छ । मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा बैंकको स्प्रेड दर घटाउँदा ब्याजदर वृद्धि रोकिए पनि ब्याजदर नघट्ने दाबी गरेको हो । महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा…