सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध दुई महिना लम्ब्याएको छ । विदेशी मुद्रा सञ्चिति बढाउने भन्दै सरकारले गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइरहेको छ । प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रतिबन्ध यथावत् राखेको हो । अब चार वस्तुको आयात प्रतिबन्ध आगामी मंसिर २९ सम्म…