गुराँस लाइफ इन्सुरेन्सको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुधबार असोज २६ गते बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।…