म्याग्दी। सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गर्न बेनीका एक परिवारले दिवङ्गत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । बेनी नगरपालिका–७ का स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठका स्मृतिमा उनका छोराछोरी र बुहारीले रु पाँच लाखको अक्षयकोष स्थापना गरे । सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, ह्दयकुमार–पद्या श्रेष्ठ, सुनितादेवी–रामलाल श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ र…