अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाव दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन्। “पुँजीबजारको सुधारका लागि धेरै बाँकी काम रहेछन्”, मन्त्री शर्माले भने, “तपाईं यसमा कसैको प्रभावमा नपरी काम…