चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन्। लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन्। लमजुङमा साविकको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन्। ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए। ती भेडीगोठमा करिब २५ हजार भेडा छन्।…