गलकोट ।राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ । बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाड लगायतका क्षेत्रमा कालोपत्र भएर सुगम बनेको सन्दर्भमा सुगम मानिएको जिल्लाकै सदरमुकाम बागलुङ बजार नै दुर्गम भए जस्तो देखिएको छ । निसीखोलाबाट सरर कालोपत्र सडकमा गुड्दै आएका यात्रुहरु घोडाबाँधे आएपछि हिउँदमा धुलो र बर्सातमा…