तनहुँ ।कोरोना कहरका कारण बन्द भएका तनहुँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । छाब्दी बाराही र तनहुँ कालिका यहाँका महत्वपूर्ण धार्मिक तीर्थस्थल छन् । त्यस्तै थानीदेवी माइ, चन्द्रावती, लुतेबराह र आँबुखैरेनीको आँधीमूल बाराही, छिम्केश्वरी, देवघाट, घण्टाचुली, ढोर बाराही, तीन खोले मन्दिरलगायत तीर्थस्थलमा आन्तरिक पर्यटकको राम्रै चहलपहल हुन्छ ।समुद्री सतहबाट १८७ मिटर देवघाट गाउँपालिकाको…