काभ्रे ।पाँचखाल नगरका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ । सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग अढाई वर्षमा निर्माण सक्ने सम्झौता भइसकेको छ ।आयोजना सम्पन्न गर्न गत असार १६ गते खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका तथा उपभोक्ता समितिबीच आयोजना व्यवस्थापन सम्झौता भएको थियो…