खोटाङ ।ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षणपछि मंगलबार खोटाङको रावाबेँसी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) सकिने बित्तिकै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने बताए । सो आयोजनाको डिपिआर तयारको काम अन्तिम चरणमा पुगेको…