मुगु । जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ झ्वाम् पारेको खुलासा भएको छ । पालिकाको आन्तरिक स्रोतको भन्दा कैयौँ गुणा बढी रकम अनुत्पादक खर्चमा प्रयोग गरिएको भन्दै स्थानीयवासीले त्यसको आलोचना गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, आन्तरिक आयको परिधिभित्र…