काठमाडौं । एनआईसी एशिया बैंकले इसेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिनै बैंकको एटीएम मेसिनहरूबाट निकाल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंककाअनुसार अबदेखि एनआईसी एशिया बैंकको नेपालभर रहेका ६७० वटै एटीएम मेसिनहरूबाट इसेवामा रहेको रकम बिना झन्झट सामान्य तरिकाले निकाल्न सकिनेछ। यसका लागि इसेवाको फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटीएम विथ्ड्रवलमा एनआईसी एशिया बैंक छनौट गरी…