काठमाडौं । नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको र दर्शकको व्यापक प्रशंसा बटुल्न सफल चर्चित नेपाली चलचित्र 'मालती मंगले'को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार अस्ट्रेलियामा यस चलचित्रको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो। नेपालको प्रदर्शनमा उत्कृष्ट समीक्षा र दर्शकको माया प्राप्त गरेपछि…