बनेपा । पश्चिम नवलपरासीको बर्दघाट -१४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल)लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट…