काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी)अस्पतालले फाल्गुन ६ र ७ गते कालिकोट जिल्लाको शुभकालीका गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ। उक्त शिविरमा १०० जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो।…